काठमाडौंबाट झापा आइरहेको गाडी दुर्घटना, १० जना घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साइटारस्थित बीपी राजमार्गमा शुक्रबार बस र माइक्रो बस एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट झापाको काँकडभिट्टातर्फ आउँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा माइक्रो बसका चालक ललितपुरका ३८ वर्षीय गजबहादुर मगर, काभ्रेकी ३० वर्षीया अनिता न्यौपाने, ३२ वर्षीय प्रवीन तिवारी र ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गम्भीर घाइतेमध्ये चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूमा झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल रहेका छन्। उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक दोलखाका सुमन सुवेदीलाई नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *