विश्वकप छनोट : लगातार तेस्रो पटक बाहिरियो इटाली

काठमाडौँ । विश्व फुटबलको कुनै समयको महाशक्ति मानिने इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। मंगलबार भएको निर्णायक खेलमा पराजित भएसँगै इटाली सन् २०२६ को विश्वकप यात्राबाट बाहिरिएको हो।

प्रतिस्पर्धात्मक खेलमा इटाली बोस्निया एन्ड हर्ज गोभिनासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भयो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टीबाट लिइएको थियो। इटालीलाई स्तब्ध पार्दै बोस्निया एन्ड हर्ज गोभिनाले भने आगामी विश्वकपको टिकट सुरक्षित गरेको छ।

युरोपेली छनोटको प्ले अफ अन्तर्गत भएका अन्य खेलहरूमा टर्की, स्विडेन र चेक गणतन्त्रले पनि विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्। टर्कीले कोसोभोलाई १-० ले हराउँदा केरेम अकटुरकोग्लुले गरेको गोल नै निर्णायक सावित भयो।

त्यसैगरी रोमाञ्चक खेलमा स्विडेनले पोल्यान्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान बनायो। अर्कोतर्फ चेक गणतन्त्रले पनि डेनमार्कलाई ३-२ कै नतिजामा पन्छाउँदै विश्वकपका लागि आफ्नो यात्रा तय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *