बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यस्तो छ

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

  • २४ घण्टाभित्र कार्ययोजना: प्रत्येक मन्त्रालयले ७ दिनभित्र आफ्ना प्रमुख १० कार्य र समयसीमासहितको कार्ययोजना तयार गरी सार्वजनिक गर्नुपर्ने।

  • कर्मचारी सरुवा प्रणाली: कर्मचारीको सरुवा र बढुवालाई पूर्ण रूपमा ‘स्वचालित’ (Automated) र कार्यसम्पादनमा आधारित बनाइने।

  • सहकारीको बचत फिर्ता: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने ठोस प्रक्रिया १०० दिनभित्र सुरु गरिने।

  • जलन उपचार केन्द्र: सातै प्रदेशका सरकारी अस्पतालहरूमा जलन (Burn) उपचारका लागि छुट्टै ‘बर्न वार्ड’ स्थापना र सञ्चालन गरिने।

शासकीय सुधार सम्बन्धी १०० कार्यसूची (पूर्ण पाठ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *