प्रधानमन्त्री बालेनलाई ओलीको बधाई
फाइल तस्बिर
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई शुभकामना दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,’ ओलीले लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’
यसअघि प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा भने ओली सहभागी भएका थिएनन्। गत फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा ओली र बालेनबीच मुख्य प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा ओलीलाई पराजित गर्दै बालेन निर्वाचित भएका थिए।
प्रतिक्रिया
