पदभार ग्रहणका क्रममा भक्कानिइन् मन्त्री सीता वादी

काठमाडौँ। नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी पदभार ग्रहणका क्रममा भक्कानिएकी छिन्। मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनी भावुक बनेकी हुन्।

सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री वादीका आँखा भरिएका थिए। केही समय भक्कानिएकी उनले पछि आफूलाई सम्हाल्दै कर्मचारीहरूको स्वागत ग्रहण गरेकी छिन्।

सीमान्तकृत समुदायबाट मन्त्री बनेकी वादीको यो भिडियो र तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ।

पदभार लगत्तै उनले महिला र बालबालिकाका क्षेत्रमा विद्यमान समस्या समाधानका लागि आफ्नो कार्यकाल केन्द्रित हुने बताएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *