के छ कार्की आयोगको प्रतिवेदनमा ? हेर्नुस् विस्तृतमा

काठमाडौँ। गत भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगको प्रतिवेदनअनुसार राजनीतिक नेतृत्वलाई फौजदारी कसुरमा र सुरक्षा निकायका जिम्मेवार अधिकारीहरूलाई विभागीय कारबाहीको प्रस्ताव गरिएको हो ।

नेपाल प्रहरीतर्फ एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, तत्कालीन काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी, एसएसपी दिपशमशेर जबरा र एसपी ऋषिराम कँडेललाई कारबाही गर्न भनिएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राअवि प्रमुख हुतराज थापालाई भने फौजदारी कसुरमा छुट्टै कारबाही गर्नुपर्ने आयोगको ठहर छ ।

प्रतिवेदनले राष्ट्रिय अनुसन्धान विभागका सहनिर्देशक कृष्णप्रसाद खनाल र जिल्ला प्रमुख रिबेनकुमार गच्छदारलाई पनि दोषी देखाएको छ ।

नेपाली सेनाका तर्फबाट शीतल निवास, बालुवाटार र सिंहदरबार जस्ता संवेदनशील क्षेत्रको सुरक्षा कमाण्ड सम्हालेका सहायक रथी मनोजकुमार वैदवार, प्रमुख सेनानीहरू दिवाकर खड्का, गणेश खड्का र सन्तोष ढुङ्गेललाई समेत सैनिक ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *