भदौ २४ देखि २६ गतेसम्म कांग्रेसको १५औँ महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको छ।

सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो प्रस्ताव पेस गरेका हुन्।

प्रस्तावअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गर्नेछ। सभापति थापाले चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान चलाउने र वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्यतालिका प्रस्तुत गरे।

जेठ मसान्तसम्म सदस्यताको सम्पूर्ण विवरण केन्द्रमा पठाइसक्नुपर्ने र असार १५ गतेभित्र केन्द्रले आवश्यक छानबिन गरी सदस्यताको टुङ्गो लगाउने कांग्रेसको तयारी छ। यस प्रस्तावमाथि केन्द्रीय समिति बैठकमा छलफल गरी निर्णय लिइने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *