कोसेली लिएर ससुराली जाँदै गरेका ज्वाइँको हत्या

रामेछाप । रामेछापको सुनापति गाउँपालिका-४ मा आफ्नै ससुराको प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। सोमबार ससुरालीमा कोसेली लिएर गएका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँडिरहेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले कुटपिट गर्दा उनको ज्यान गएको हो।

घटनापछि फरार रहेका वीरबहादुरलाई प्रहरीले मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी भोलाकुमार भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा कुनै ठूलो योजनाबद्ध विवाद देखिएको छैन। पारिवारिक विषय र कसको घरमा जाने भन्ने सामान्य झगडाका क्रममा ससुराले हातैले प्रहार गर्दा ज्वाइँको मृत्यु भएको देखिएको प्रहरीले बताए।

प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि कुटपिटका कारण प्रेमबहादुरको ज्यान गएको हो। पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *