निर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइयो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिका बाबजुद अहोरात्र खटिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरे।

उनले निष्पक्ष निर्वाचन गराउन भूमिका खेल्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सम्बद्ध सबै पक्षलाई धन्यवाद समेत दिए।

आयोगको कार्यक्षमताको प्रशंसा गर्दै राष्ट्रपतिले फागुन २१ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुले लोकतन्त्रलाई थप मजबुत बनाएको बताए।

‘निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले उल्लेख गरे। निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक बाटो खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *