समानुपातिक सांसद छान्दै कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा मुख्य गरी निर्वाचन आयोगमा बुझाउने समानुपातिक सांसदहरूको नाम अन्तिम छनोट गर्ने विषयमा छलफल र निर्णय हुने पार्टीले जनाएको छ।

दलले प्राप्त गरेको सिट संख्याका आधारमा बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट प्रतिनिधि सभा सदस्यहरूको नाम तय गरी आयोगमा पठाइने कांग्रेसले बताएको छ।

पार्टीले यसपटक समानुपातिकतर्फ २० सिट पाउने भएको छ भने गत फागुन २१ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। बैठकमा सहभागी हुन सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *