एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

केही समयदेखि अस्वस्थ रहेका उनको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिए। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *