गोरखा-१ मा रास्वपाका सुदन गुरुङको जित निश्चित
काठमाडौँ। गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङको जित निश्चित भएको छ। कुल ६४ हजार मत खसेको यस क्षेत्रमा ५३ हजारभन्दा बढी मतगणना भइसक्दा गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन्। अब गणना गर्न बाँकी मत १० हजार ५ सयभन्दा कम रहेको छ भने सुदनको अग्रता १० हजार ५ सयभन्दा बढी देखिएको छ। गणना गर्न बाँकी सबै मत खत्रीको पक्षमा जाँदा पनि गुरुङलाई उछिन्न सम्भव नभएपछि उनको जित सुनिश्चित भएको हो।
यस निर्वाचन क्षेत्रमा नेकपाका हरिराज अधिकारी १० हजार २३१ मतका साथ तेस्रो स्थानमा रहेका छन्। त्यस्तै नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत प्राप्त गर्दै चौथो स्थान ओगटेका छन्। सुदन गुरुङको यो जितसँगै गोरखा १ मा रास्वपाले आफ्नो बलियो उपस्थिति जनाएको छ।
