कांग्रेस-एमालेका चर्चित नेतालाई पछि पार्दै रास्वपाको अग्रता

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेका प्रभावशाली नेताहरू निकै पछि परेका छन्।

रुपन्देही, काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रास्वपाका सुलभ खरेलले ठूलो मतान्तरले पछाडि पारेका छन्। तिलोत्तमा वडा नं १ को मतगणना सकिँदा खरेलले २ हजार ७ सय ७९ मत प्राप्त गर्दा पौडेलले मात्र ६ सय ९ मत पाएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए। सोही क्षेत्रमा नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३ सय ५ मत र नेकपाका सुभास पाण्डेले ३५ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ५ मा पनि एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पछि परेका छन्। बुढानीलकण्ठ–६ को मतगणना अनुसार रास्वपाका सस्मित पोखरेल १ हजार ४ सय २४ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले ४ सय १२ मतका साथ पछ्याइरहेका छन् भने ईश्वर पोखरेल २ सय ८५ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा पनि एमाले नेता महेश बस्नेत पछि परेको निर्वाचन कार्यालयले जनाएको छ। बिहान ५ बजेसम्मको परिणाम अनुसार रास्वपाका राजीव खत्री २ हजार मतका साथ अगाडि छन् भने बस्नेतले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका कबीर राना १७४ मतका साथ निकै पछि देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *