रङ्गमा एकता, मनमा जिम्मेवारी

असत्यमाथि सत्यले फेरि जितेको दिन,
रङ्गिएर आउँछ आकाश, हर्षले भरिएको छिन।

खेलौँ रङ्ग, साटौँ मुस्कान एक–अर्कामा,
छरौँ खुसियाली हरेक घर–आँगनमा।

भुलौँ आज रिस, राग, द्वेषका सबै छाया,
छलकपटका बादल हटाएर फैलाऔँ माया।

माहोल प्रतिनिधि सभा निर्वाचन २०८२ को पनि छ,
लोकतन्त्रको बाटोमा देश अघि बढ्दै छ।

व्यवस्था परिवर्तनको जेञ्जी आन्दोलनपछिको यो घडी,
देश मध्यावधि निर्वाचनको संघारमै उभिएको छ अडिग भई।

सार्वजनिक स्थानमा होहल्लाले नहोस् प्रक्रिया अवरुद्ध,
शान्ति र संयमतामै रहोस् लोकतन्त्रको सुन्दर स्वरूप।

सरकारको निर्णयलाई साथ दिँदै जिम्मेवार बनौँ,
चुनावी यात्रामा अनुशासन र सद्भाव अपनाऔँ।

उत्सव पनि मनाऔँ, कर्तव्य पनि सम्झौँ,
रङ्गसँगै नागरिक चेतनाको दीप जलाऔँ।

आफ्नै घरमा, आफ्नै परिवारसँग रमाऔँ,
सद्भाव र एकताको सन्देश फैलाऔँ।

शान्ति, सत्य र प्रेमको होस् यो आधार,
होलीले जोडोस् मनहरू बारम्बार।

फागु पूर्णिमा २०८२ को हार्दिक शुभकामना।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *