इटहरीमा कारको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

सुनसरी। इटहरीमा बुधबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

इटहरी उपमहानगरपालिका–१३ स्थित प्रगति टेक्स्टायल अगाडि विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए।

कारको ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको हो। पैदल हिँडिरहेका साहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक २२ वर्षीय विकी विश्वकर्मा पनि घाइते भएका छन्। उनको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ।

पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको सोही कारले प्रदेश १–०२–००३ ह ४८९८ नम्बरको अटो टेम्पोलाई समेत ठक्कर दिएको थियो।

कारको ठक्करबाट अटो चालक वसन्त घिसिङ र त्यसमा सवार प्रेमकुमार गुरुङ घाइते भएका छन्। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *