इटहरीमा दुर्घटना, २ जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका फरक स्थानमा मंगलबार साँझ भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

विराटनगरबाट इटहरी जाँदै गरेको म.प्र.०३–००२ ख १८१७ नम्बरको ट्रकले इटहरी–१३,मा प्र १–०२–०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते अन्दाजी ३०–३२ वर्षका पुरुषको उपचारका क्रममा विराट मेडिकल कलेज बुढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक र चालक मकवानपुर मनहरी–१ बस्ने २४ वर्षीय सरोज लामालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, इटहरी–६ गोल चोकमा बेलुका धरानतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले एक साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिल बहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *