बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरिएको हो र यो नयाँ दर आइतबार राति १२ बजेदेखि नै लागू भइसकेको छ।

पछिल्लो समायोजन अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ। यो वृद्धिसँगै काठमाडौँ, पोखरा र दिपायल जस्ता प्रमुख सहरहरूमा पेट्रोलको मूल्य अब प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ। विराटनगर, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका तराईका क्षेत्रमा भने पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ। मट्टीतेलको मूल्य पनि बढेर अब प्रतिलिटर १४२ रुपैयाँ पुगेको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *