२०८३ मा विवाह साइत: फागुनमा धेरै लगन, वर्षभरि ४१ दिन शुभ दिन

काठमाडौँ। विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई नै विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार २० वर्ष उमेर पुगेका बर र बधुले साक्षी राखेर विवाह गर्न सक्छन् ।

धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबिचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समयअनुसार सम्पन्न हुने संस्कार मानिएको छ ।

विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत वा लगनमा विवाह गर्ने चलन छ । ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन शुभ लगन रहेको छ ।

वैशाख (८ दिन)

७ गते (दिउँसो), ८ गते (दिउँसो र राति), २२ गते (राति), २३ गते (दिउँसो), २४ गते (राति), २५ गते (दिउँसो), ३० गते (राति) र ३१ गते (दिउँसो) ।

असार (७ दिन)

९ गते (दिउँसो), १३ गते (दिउँसो), १४ गते (राति), १५ गते (राति), १७ गते (दिउँसो), १८ गते (दिउँसो) र २३ गते (दिउँसो) ।

मंसिर (८ दिन)

९ गते (दिउँसो र राति), १० गते (दिउँसो र राति), १६ गते (राति), १७ गते (दिउँसो), १९ गते (राति), २४ गते (राति), २५ गते (राति) र २६ गते (दिउँसो) ।

माघ (६ दिन)

४ गते (राति), १२ गते (राति), १५ गते (दिउँसो र राति), १९ गते (दिउँसो र राति), २० गते (दिउँसो र राति) र २७ गते (दिउँसो र राति) ।

फागुन (१२ दिन)

३ गते (दिउँसो र राति), ४ गते (दिउँसो), ११ गते (दिउँसो), १२ गते (दिउँसो), १५ गते (राति), १६ गते (दिउँसो), १७ गते (राति), १८ गते (दिउँसो), २० गते (दिउँसो र राति), २५ गते (राति), २६ गते (दिउँसो) र ३० गते (राति) ।

शास्त्रअनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ । वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नुलाई विवाहका लागि उपयुक्त मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुनेछ । त्यस्तै असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुनेछ । ती अवधिमा विवाहको लगन नपर्ने भएकाले यसको विशेष असर नदेखिने ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *