इलाममा दिदीबहिनीबीच झगडा, बहिनीको मृत्यु

इलाम । इलामको फाकफोकथुममा घरायसी विवादका क्रममा दिदीबहिनीबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरमा शनिबार दिउँसो घरायसी विषयमा सामान्य विवाद हुँदा ३७ वर्षीया पुष्पा लिम्बू र उनकी काकाकी छोरी २९ वर्षीया अञ्जली लिम्बूबीच झगडा भएको थियो।

प्रहरीका अनुसार दिदीबहिनीबीच सुरुमा भनाभन भएको र पछि कपाल लुछालुछसम्मको स्थिति सिर्जना भएको थियो। सोही क्रममा अञ्जली गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। घटना शनिबार दिउँसो सवा १२ बजेतिर घटेको हो।

घटनापछि प्रहरीले पुष्पा लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *