इलामको माइजोगमाई केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार साँझ ५.० म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का इलाम र आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत पुस १९ गते उदयपुरको बागापती केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा साना-ठूला भूकम्प जाने गरेको भूगर्भविद्हरूले बताएका छन्। हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
प्रतिक्रिया
