पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पिताको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको हो।

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन्।

अस्पतालबाट भट्टराईको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ। नेपाल समाजवादी पार्टीका नेता रोशन पोखरेलका अनुसार केही बेरमा पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको दाहसंस्कार गरिने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *