चिबे चरो र चुनावी कथा
हिलो आहालमा बस्न भैँसी रुचाउँछ
माथि चिबे चरो डँडाल्नुमा बस्छ
रमाउँदै किर्ना टिप्छ
नजिकै आएको बँदेल भाग्छ
अर्को हिलो सिममा बस्छ
चिबे पुनः उसको डँडाल्नुमा बुइ चढ्छ
बँदेल सिमभित्र पस्छ
चिबे भाग्छ र उड्छ
पुनः भैँसीको डँडाल्नुमा चढ्छ
किर्ना सकिएकोले फेरि उड्छ
पुनः अरू आहाल र भैँसीहरू खोज्छ
चिबे त्यति बाठो हुन्छ
केही नलागे स्यालको बुइ पनि चढ्छ
मात्र बाँदर बाठो
किनकि उसले चिबेलाई किर्ना-जुम्रा केही दिँदैन
आफैँ खान्छ
र चिबे कहिल्यै बाँदरको छेउ पर्दैन
भोटको कथा हालिरहेकी
महिला अध्यक्षको यसपटकको कथा
अरूहरू सुनेर ताली परर बजाइरहेका थिए
कथाकारको कथाको प्लट सकियो
र बाटो लाग्यो।
प्रतिक्रिया
