केही मान्छेहरू केही खोजिरहेका छैनन्
केही मान्छेहरू
बजारमा
सक्कली चिज खोजिरहेका छन्
केही मान्छेहरू
बजारमा
नक्कली चिज खोजिरहेका छन्
केही मान्छेहरू
बजारमा
केही खोजिरहेका छैनन्
केवल रमिता हेरिरहेका छन्
केही मान्छेहरू
बजारमा…
हुनसक्छ
केही मान्छेहरू
बजारमा
केवल
मान्छेहरूका अनुहार हेरिरहेका छन्
केही मान्छेहरू
बजारमा
सक्कली
र
नक्कली बीचको भेद खोजिरहेका छन्
केही मान्छेहरू
बजारमा…
बजार हो, बजारमा
मान्छेहरु
सक्कलीको भिडबाट
नक्कली छुट्याउन खोज्दैछन् कि?
नक्कलीको भिडबाट
सक्कली छुट्याउन खोज्दैछन् ?
केही मान्छेहरू
बजारमा
केही मान्छेहरू
बजारमा
अल्मलिइरहेका छन्
खोजी हिजो पनि थियो
र
आज पनि छ
थाहा छैन
मान्छेहरू
बजारमा
जे खोजिरहेका छन्
त्यो
पाइरहेका छन् कि छैनन् !
प्रतिक्रिया
