विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको निधन
काठमाडौँ। भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको ६६ वर्षको उमेरमा निधन भएको छ। बुधबार बिहान ८:४५ बजे बारामतीमा भएको विमान दुर्घटनामा उनको ज्यान गएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो। मुम्बईबाट चार्टर्ड विमानमा आएका पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले पुष्टि गरेको छ।
पवार महाराष्ट्र पञ्चायत चुनावका लागि चारवटा र्यालीलाई सम्बोधन गर्न बारामती जाँदै थिए।
प्रतिक्रिया
