विशेष महाधिवेशन पक्षद्वारा कांग्रेस संस्थापन पक्षलाई ८ बुँदे प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। वार्ता समितिका सदस्य एवं केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार बुधबार बिहान संस्थापन पक्षलाई उक्त प्रस्ताव औपचारिक रूपमा पठाइएको हो। पार्टीभित्रको आन्तरिक विवाद समाधान र भावी कार्यदिशाका लागि यो प्रस्ताव महत्वपूर्ण मानिएको छ।

प्रस्तावमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने र विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने मुख्य सर्त राखिएको छ। त्यस्तै, आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार अहिले नै तय गर्नुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने र टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने माग गरिएको छ।

निर्वाचनलाई लक्षित गरी ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने र उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने विषयलाई पनि प्रस्तावमा जोड दिइएको छ। यसका साथै विशेष महाधिवेशनमा पेस भएका विभिन्न प्रतिवेदनहरूलाई पार्टीको साझा पुँजीको रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *