खोल्सामा धसिएको बुद्धको विमान ३६ घन्टापछि निकालियो

भद्रपुर । भद्रपुर विमानस्थलको धावनमार्गबाट बाहिरिएर खोल्सामा धसिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई ३६ घन्टा लामो प्रयासपछि सुरक्षित स्थानमा सारिएको छ। शनिबार राति अवतरणका क्रममा भएको यस ‘रनवे एक्सकर्सन’ पछि आइतबार बेलुकी साढे ९ बजे विमानलाई क्रेनको सहायताले निकालिएको हो।

विमान निकाल्न विराटनगरबाट मगाइएको ५२ टन क्षमताको मुख्य क्रेनसहित तीनवटा क्रेन र बुद्ध एयरका १८ प्राविधिक, नेपाली सेना, प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका गरी करिब ६० जना जनशक्ति परिचालित थिए।

१४ टन तौलको सो विमानलाई खोल्साबाट हटाएसँगै धावनमार्गको अवरोध पूर्ण रूपमा हटेको छ भने विमानस्थलको उडान सेवा थप सहज हुने भएको छ। विमान सुरक्षित स्थानमा सारिएसँगै अब बीमा मूल्याङ्कन र दुर्घटनाको औपचारिक छानबिन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *