टि-२० ग्लोबल क्वालिफायर: इन्दुको कप्तानीमा १५ सदस्यीय टोली तयार
फाइल तस्बिर
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने ‘आईसीसी महिला टि-२० ग्लोबल क्वालिफायर’का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। आगामी जनवरी १२ देखि फेब्रुअरी १ (पुस २८ देखि माघ १९) सम्म सञ्चालन हुने यस महत्वपूर्ण प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानीमा टोली चयन गरिएको हो।
टोलीको उप-कप्तानको जिम्मेवारी पूजा महतोले पाएकी छिन्। टोलीमा अनुभवी खेलाडीहरू रुबिना क्षेत्री, सिता राना मगर, बिन्दु रावल र काजोल श्रेष्ठ समावेश छन्। त्यसैगरी कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरि र मनीषा उपाध्यायले पनि टोलीमा स्थान बनाएका छन्।
घरेलु मैदानमा आयोजना हुने यो प्रतियोगिता नेपाली महिला टोलीका लागि विश्वकपको ढोका खोल्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्ति अनुसार नेपाली टोली अहिले अन्तिम तयारीमा व्यस्त छ।
