उदयपुर र ताप्लेजुङमा एकै दिन भूकम्प
काठमाडौं। उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ। कोशी प्रदेशको ताप्लेजुङ र उदयपुरमा एक दिन भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया
