रास्वपाद्वारा सरकारमा नजाने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि सरकारमा नबसेको उनले जनाए ।

सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने उनले बताए ।

बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । केन्द्रीय समिति सदस्यका रुपमा १६ जना चयन गरिएको हो ।

मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुश्वु सरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *