विराटनगरमा स्कुटर दुर्घटना: एक जनाको मृत्यु, अर्का घाइते

विराटनगर। विराटनगर महानगरपालिका-१४ स्थित कोशी लोकमार्गमा मंगलबार राति १०:२० बजेतिर एउटा स्कुटर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३८ एम ११७८ को स्कुटर अनियन्त्रित भई देउराली होटल अगाडि दुर्घटनामा परेको हो।

दुर्घटनामा परी भारत अररियाका २५ वर्षीय चालक मोहमद राजाको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो। स्कुटरको पछाडि सवार २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार स्कुटरको तीव्र गतिका कारण यो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *