बिर्तामोडमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक काव्यसभा

बिर्तामोड। साहित्य चौतारी विर्तामोड झापा परिवार नेपालले आगामी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को विशेष अवसरमा साङ्गीतिक काव्यसभा आयोजना गर्ने भएको छ।

संस्थाले अङ्ग्रेजी नयाँ वर्षसँगै कवि शिरोमणि लेखनाथ जयन्ती, तमु ल्होसार पर्व, खिचडी दिवस तथा विश्व नेपाली टोपी दिवसको संयुक्त उपलक्ष्यमा आफ्नो नियमित मासिक कार्यक्रम सञ्चालन गर्न लागेको हो।

उक्त भव्य समारोह पुस १७ गते बिहीबार (१ जनवरी २०२६) बिहान ११:०० बजेदेखि बिर्तामोडस्थित मुक्तिचोक पूर्वमा रहेको होटल हिकोला हेरिटेजको साविक सङ्गीत सभा हलमा सञ्चालन हुनेछ।

संस्थाका प्रमुख संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठको अभिभावकत्वमा हुने यस कार्यक्रममा संस्थाकै सदस्यहरूका सिर्जना वाचन, गायन तथा विभिन्न कलात्मक प्रस्तुतिहरू प्रदर्शन गरिनेछ।

सचिव तुलसीप्रसाद निरौलाद्वारा जारी निमन्त्रणा पत्रमा उल्लेख भए अनुसार यस गरिमामय काव्यसभामा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण साहित्य, सङ्गीत र कला अनुरागीहरूमा हार्दिक अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *