बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर। झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टि स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर नगरपालिका-७ का २५ वर्षीय शीर्षक सुवेदी छन्। चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय अनारमनीले दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *