झापा गोल्डकप माघ २४ देखि, विजेतालाई १५ लाख पुरस्कार
फाइल तस्बिर
बिर्तामोड। ‘झापा गोल्डकप’ को सातौँ संस्करण आगामी माघ अन्तिम सातादेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता माघ २४ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।
यस पटकको गोल्डकप गोल्डकपका निवर्तमान अध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।
१० टोलीको सहभागिता गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार यस वर्ष १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा तीनवटा विभागीय टोली दुईवटा विदेशी टोली, आयोजक झापा-११ एफसी र अन्य ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। पुरस्कार र सम्मान प्रतियोगिताको उपाधि विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडी एक थान मोटरसाइकल, विधागत उत्कृष्ट (गोलकिपर, उच्च गोलकर्ता, प्रशिक्षक आदि): जनही २५ हजार रुपैयाँ, प्लेयर अफ द म्याच: नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिए। अघिल्ला संस्करणहरू जस्तै यस वर्ष पनि झापा गोल्डकपलाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको आयोजक समितिले बताएको छ।
