सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौँ। नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२६ मा खेल्ने भएका छन्। उनलाई बंगलादेशको यस प्रमुख टी-२० प्रतियोगिताका लागि राजशाही वारियर्सले अनुबन्ध गरेको छ।

यो सन्दीप लामिछानेको बंगलादेश प्रिमियर लिगमा पहिलो सहभागिता हुनेछ। उनी विश्वभरका फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरूमा परिचित नाम हुन्।

लामिछानेले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग ब्यास लिग (बीबीएल), र क्यानाडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरू खेलिसकेका छन्।

नेपाल प्रिमियर लिगमा उनले विराटनगर किङ्ग्सको नेतृत्व गरेका छन्। नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय इनिङमा सन्दीप लामिछानेले कुल १२९ विकेट लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *