नेपाली सेनामा खुल्यो जागिरको अवसर

काठमाडौँ। नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवा तर्फका रिक्त रहेका पदिक तथा बिल्लादार पदहरू खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारहरूले नेपाली सेनाको आधिकारिक वेबसाइट वा भर्ना छनौट निर्देशनालयको पोर्टल बाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ। अनलाइन फाराम भरिसकेपछि सोको प्रिन्ट प्रतिसहित स्वयं उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भऱ्याङ, स्वयम्भूमा रु. १० को टिकट टाँसी दरखास्त पेस गर्नुपर्ने व्यवस्था छ।

दरखास्त बुझाउने समयावधि २०८२ मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म तोकिएको छ। यदि कोही ढिलो भएमा दोब्बर दस्तुर बुझाएर २०८२ पुस २७ गतेदेखि माघ ३ गतेसम्म (थप ७ दिन) कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ। एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सो भन्दा पछाडिको कार्यालय खुल्ने दिनमा कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ।

दरखास्त दस्तुर भने नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ (कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं. १४२२४, परीक्षा शुल्क) मा जम्मा गरी त्यसको सक्कलै भौचर तथा एक प्रतिलिपि अनलाइन फारामसँगै पेस गर्नुपर्नेछ। ध्यान दिनुपर्ने कुरा के छ भने एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिइएमा प्रत्येक समूहका लागि २०% का दरले थप दस्तुर लाग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *