विराटनगर र लुम्बिनी खेल्दै, विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को उपाधि नजिक पुग्नका लागि आज बिहीबार दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो महत्त्वपूर्ण खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ। आजको खेलमा जित निकाल्ने टोलीले फाइनलमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्स विरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो। उता लुम्बिनी लायन्सले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

लिग चरणको प्रदर्शन हेर्दा विराटनगरले दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो भने लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *