अर्जुनधारा महिला भलिबल : पुलिस क्लब फाइनलमा

बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।

पुलिस क्लबले आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो।

पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा स्तब्ध पारेको थियो।

सेट स्कोर: ६–२५, १५–२५ र १७–२५

खेलको प्लेयर अफ द म्याच नेपाल पुलिस क्लबकी एलिसा मानन्धर भइन्। उनले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। फाइनलमा प्रवेश गरेसँगै पुलिस क्लबले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *