विराटनगरको बरगाछीमा दुर्घटना, प्रहरीको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।

बुधबार राति करिब १२ बजे दुर्घटना भएको हो। कञ्चनबारीतर्फ जाँदै गरेको बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो। उपचारकै क्रमम उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *