डिजेल-मट्टितेल १ रुपैयाँ घट्यो, हवाई इन्धनको मूल्य वृद्धि

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, हवाई इन्धन (आन्तरिक उडानतर्फ) को मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ। यद्यपि, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ।

समायोजित नयाँ मूल्य आज (आइतबार) राति १२ बजे (मध्यरात) देखि देशभर लागू हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *