बजारमा कम तौलका ग्यास सिलिन्डर : ७ उद्योगमा छापा

काठमाडौँ । बजारमा कम तौल भएका ग्यास सिलिन्डर बिक्री भइरहेको जनगुनासो बढेपछि सरकारी निकायले ग्यास उद्योगहरूमा निगरानी बढाएको छ। खाना पकाउने एलपी ग्यास सिलिन्डरमा तोकिएको भन्दा कम परिमाण (तौल) भेटिएको भन्ने उपभोक्ताको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार विभिन्न उद्योगमा छापा मारेको हो।

विभागले काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा रहेका ७ वटा ग्यास उद्योगहरूको आकस्मिक अनुगमन गरेको जनाएको छ।

नेपाल ग्यासलाई ३ दिने अल्टिमेटम अनुगमनका क्रममा काठमाडौँ–१६ बालाजुस्थित नेपाल ग्यास उद्योग प्रालि लाई विभागले स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

अन्य ६ उद्योगलाई निर्देशन विभागले बनेपास्थित गौरी शंकर ग्यास उद्योग, सूर्य ग्यास इण्डष्ट्रीज, सगरमाथा ग्यास उद्योग, उग्रचण्डी ग्यास उद्योग र काठमाडौँको दक्षिणकालीस्थित एभरेष्ट ग्यास उद्योग मा पनि अनुगमन गरेको थियो। यी उद्योगहरूलाई सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

उपभोक्ताले ग्यासको तौल कम भएको भन्दै उजुरी दिए पनि मंगलबारको अनुगमनका क्रममा भने सिलिन्डरको तौलमा ठगी वा कैफियत नभेटिएको विभागले स्पष्ट पारेको छ। यद्यपि, बजारमा हुन सक्ने कालोबजारी र ठगी रोक्न अनुगमनलाई निरन्तरता दिइने विभागको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *