गाडी बिग्रिए मिस्त्री खोज्न मोबाइल एप

काठमाडौं । सवारी साधन बिग्रिँदा तत्काल मिस्त्री खोज्ने समस्या समाधान गर्न ‘मोबाइल ग्यारेज’ टिमले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाइल ग्यारेज’ नाम दिइएको यो एप सञ्चालनमा ल्याइएको हो ।

मोबाइल ग्यारेज एपले सवारी धनीहरूलाई समस्या परेको अवस्थामा रियल टाइममा मिस्त्रीहरू उपलब्ध गराउनेछ । मोबाइल ग्यारेज टिमका सल्लाहकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उद्देश्यले यो एप ल्याइएको जानकारी दिए । उनका अनुसार, सवारी साधनमा समस्या आएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ ।

थापामगरले यो एपले सवारी धनी र मिस्त्रीको पुलको रूपमा काम गर्ने बताए । यसबाट ग्यारेजसम्बन्धी सीप भएका व्यक्तिहरूलाई रोजगारी पनि उपलब्ध हुनेछ । दुई वर्षको प्रयासपछि यो एप निर्माण गर्न सफल भएको उनले बताए । एपले प्रदान गर्ने सुविधाहरूमा तुरुन्तै मिस्त्री उपलब्ध हुने, विश्वस्त र प्रमाणित मिस्त्रीहरू मात्र एपमा उपलब्ध हुने, ग्यारेज सञ्चालक र सवारी धनी दुवै सजिलै जोडिन सक्ने, मिस्त्रीहरूको व्यवसाय विस्तारमा मद्दत पुर्‍याउने छ ।

यो एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । एपमा मेकानिकहरूले आफ्नो प्रोफाइल बनाउनुपर्ने र सेवाग्राहीले साइनअप गर्नुपर्ने सुविधा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *