विराटनगरमा ट्रकको ठक्करले महिलाको मृत्यु

विराटनगर। विराटनगर महानगरपालिका–३, बरगाछी चोक नजिकै मंगलबार साँझ भएको सवारी दुर्घटनामा सर्लाहीकी एक महिलाको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत बरगाछी चोक नजिकै भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ।

कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बरको भारतीय ट्रकले सोही दिशामा रहेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५स्१५ बजेतिर ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रोहिता गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल कोशी अस्पताल विराटनगर पुर्‍याइएकोमा उपचारकै क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक तथा मृतकका श्रीमान् ५७ वर्षीय विमल कोइराला सामान्य घाइते छन्। उनको उपचार भइरहेको छ।

दुर्घटना गराउने ट्रक र ट्रक चालक भारत, बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *