धर्मेन्द्रको उपचार हुँदै, गलत हल्ला नफैलाउन सन्नीको आग्रह

काठमाडौँ । बलिउडका दिग्गज एक्सन सुपरस्टार तथा निर्माता धर्मेन्द्र सिंह देओललाई स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। धर्मेन्द्रलाई श्वास फेर्न गाह्रो भएपछि नोभेम्बर १० तारिखका दिन तत्काल अस्पताल पुर्याइएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न सलमान खानलगायत धेरै फिल्मी हस्तीहरू अस्पताल पुगेका छन्।

यसैबीच, नोभेम्बर १० मा धेरै समाचार पोर्टलहरूले धर्मेन्द्रको निधनको गलत खबर फैलाएपछि उनका प्रशंसक तथा परिवारका सदस्यहरूमाझ खलबली मच्चिएको थियो। तर, अभिनेता तथा उनका छोरा सन्नी देओलले आफ्नो टोलीसँग मिलेर यस्ता झुटा अफवाहहरूको खण्डन गरेका छन्।

सन्नी देओलले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्ः

‘आदरणीय धर्मेन्द्र जीको स्वास्थ्य अवस्था स्थिर छ र उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ। थप टिप्पणी र जानकारी प्राप्त भएपछि सार्वजनिक गरिनेछ। कृपया उहाँको स्वास्थ्यबारे कुनै पनि किसिमका झुटा अफवाहहरू नफैलाइदिनु होला। हामी सबैलाई उहाँको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन र परिवारको गोपनियताको सम्मान गरिदिन अनुरोध गर्दछौँ।’

परिवारले धर्मेन्द्रको स्वास्थ्य लाभको लागि शुभचिन्तकहरूलाई प्रार्थना गर्न अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *