रहेनन् अफताब आलम

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसांसद एवं पूर्वमन्त्री ६३ वर्षीय मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा राति साढे २ बजे उनको निधन भएको हो।

केही दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । मिर्गौलामा समस्या भएपछि डायलाइसिस सहित उनको उपचार भइरहेको थियो ।

रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आलम वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्री पनि बनेका थिए।

रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा आलमलाई जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो।

उनले त्यस फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। गत जेठ १४ गते सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि आलम कारागारबाट छुटेका थिए । छुटेको केही दिनमै मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *