ऐतिहासिक चन्द्रविनायक, भैरवनाथ रथयात्रा

काठमाडौं । करिब साढे तीन सय वर्ष पुरानो ऐतिहासिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ।

बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवतासहित सजाइएको रथमा सिन्दुर चढाएर जात्राको शुभारम्भ गर्नुभएको हो।

रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएपछि पुनः मन्दिर परिसरमा बिसाइएको छ। मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार भने दुवै रथलाई पशुपतिनाथमा पिताको दर्शन गराइएको छ।

त्यसपछि जयवागेश्वरी हुँदै मित्रपार्क चुच्चेपाटीसम्मका मूल चोकहरूमा रथयात्रा गराउने चलन छ। यो जात्रा चार दिनसम्म मनाइन्छ र द्वारेले सिन्दुर चढाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *