छठ पर्वको तयारी सुरु, पोखरी र घाटहरु सजाइँदै

जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।

भव्यताका साथ मनाइने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासागर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।

चार दिनसम्म मनाइने छठ पर्व यस वर्ष शनिबा देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतालुले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन् ।

दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ भने तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । अन्तिम अर्थात चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएपछि चार दिने पर्व सम्पन्न हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *