जेनजी आन्दोलनमा एमाले कार्यकर्ताको संलग्ताबारे अनुसन्धान माग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यकर्ताको समेत संलग्नता भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो आन्दोलनमा भएको आगजनी र तोडफोडका घटनामा एमाले कार्यकर्ताको पनि नगण्य रूपमा उपस्थिति देखिएको बताए।

उनले नेतृत्वसमक्ष माग राख्दै भने, ‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगण्य रुपमा उपस्थिति देखिन्छ, यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’

साथै, नेता अधिकारीले पार्टीमा आन्तरिक एकतामा जोड दिन आग्रह गर्दै कसैलाई पनि निषेधको भावना नराखी उपयुक्त जिम्मेवारी दिनुपर्ने बताएका छन्।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने बताउँदै पार्टी नेतृत्वसमक्ष उनलाई पनि उपयुक्त जिम्मेवारी दिन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *