विशेष महाधिवेशनको हस्ताक्षर पार्टीमा ऊर्जा थप्न : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले विशेष महाधिवेशनको मागसमेत नियमित महाधिवेशनले सिद्ध गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।
उनले फागुन २१ गते हुने निर्वाचनको परिणामलाई जोड्दै भने, ‘महाधिवेनबाट आउने परिणमाले खास गरी फागुन २१ गते हुने निर्वाचन मार्फत कांग्रेसलाई फेरि एकपटक जागृत गराउन सक्नेछ ।’
प्रतिक्रिया
