एमालेमा प्रस्ताव : मंसिर २७-२९ मा महाधिवेशन
काठमाडौँ । नेकपा (एमाले) ले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विशेष प्रस्ताव पेस गर्दै मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानेर एमालेले केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति प्रस्ताव गरेको हो।
प्रतिक्रिया
