इलाम ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

काठमाडौं। सरकारले बाढीपहिरोबाट ठूलो मानवीय क्षति भएको इलाम जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

हालैको विपद्मा सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला भएकाले यो निर्णय गरिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

अविरल वर्षापछिको बाढीपहिरोका कारण इलाम जिल्लामा मात्रै ३९ जनाको निधन भएको थियो। सरकारको यो निर्णयसँगै अब इलाममा उद्धार, राहत र पुनर्संथापनाका कार्यहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *